सिभिल बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौँ । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

आज पौष ५ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७६ ०७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।