बुटवल पावर कम्पनीको लाभांश वितरण, बोनस र नगद लाभांश कति ?


काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हिजो पौष ७ गते, बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

त्यस्तै कम्पनीले यही पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै उक्त लाभांशमा सहभागी हुन पाउने छन् ।