‘आयातित दानाकाे कच्चा पदार्थकाे गुणस्तरीयतामा समस्या’


काठमाडाैँ। पशुपन्छीका लागि प्रयाेग हुने आयातित दानामा गुणस्तरीयतामा समस्या देखिएकाे यस क्षेत्रका सराेकारवालाले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल दाना उद्याेग संघले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्ने वक्ताहरूले बाहिरबाट आयातित दानकाे कच्चा पदार्थ गुणस्तरिय नभएकाे दाबी गरेका हुन् ।

संघका सल्लहाकार दिनेश गौतमले दानाको लागि आयात गरिने कच्चा पर्दाथको स्तर गुण्स्तरहीनन रहेको बताए । “दानाको गुणस्तरको विषयमा वहस गर्ने हो भने सरहरुले किन नहुने मज्जाले छ भन्रुहुन्छ तर कच्चा पदार्थको गुणस्तर नै कम छ।’’ मंगलवार आयाेजित कार्यक्रममा बाेल्दै उनले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले विभागबाट दानाको गुणस्तर अझै सशक्त ढङ्गले निगरानी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले भनिन्, “विभागले भारतबाट आयात हुने दानाको निरक्षण गर्न मुख्य भन्सार नाका नेपालगन्ज, भैरवाहामा कर्मचारी खटाएर त्यसको कडा रुपमा निरीक्षण गरेका छौँ ।’’

वैद्यले दानामा ७० प्रतिशत मकैको प्रयोग हुने र नेपालमा मकैको गुणस्तरको स्तर नै राम्रो नभएको बताएकी छन् । उनले भनिन्, “नेपालमा अन्न भण्डारको समस्या रहेको छ । जसले गर्दा मकैमा किरा पर्ने, ढुसी लाग्ने समस्याका कारण नै दानाको गुणस्तरको स्तर कम रहेको छ । त्यसैले मकै आयात गर्दा त्यसको गुणस्तरको विशेष निगरानि गर्न आवश्यक रहेको छ ।’’

संघका अध्यक्ष रविन पुरीले छिमेकी राष्ट्रहरुबाट गुणस्तर मापान नगरि आयात गरेको मकै ल्याएर दाना बनाउँदा पनि नेपालमा दानाको गुणस्तर कम भएको बताएका छन् । उनले भने, “एक पटक आयात भएको सामान पुन फिर्ता पठाउन गार्हाे हुन्छ अनि पैसा हालेर ल्याएको सामान पनि फिर्ता गर्न भएन त्यो कारण पनि दानाको गुणस्तरको बारेमा प्रश्न उठेको हो ।’’

पुरीले विभागले उद्योगहरुमा नै गएर दानाका गुणस्तर मापान गरेर यसको गुणस्तर सुधारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।

पशुपालन क्षेत्रको विकास, विस्तार, व्यfवसायीकरण बिना नेपाली अर्थतन्त्रले तीव्र गतिको आर्थिक बृद्धि तथा विकास प्राप्त गर्न नसक्ने कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव रमानन्द तिवारीले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै तिवारीले पशुपालन क्षेत्रलाई प्रथामिकता दिदाँ नेपालको अर्थतन्त्रमा सुधार आउने र उत्पादनमा वृद्धि हुदाँ निर्यात गर्नुका साथै रोजगारी समेत सिर्जना हुने बताएका हुन् ।