चालू पुँजीकर्जा मार्गदर्शन संशोधन, सीमाभन्दा अधिक कर्जा आवधिक कर्जा कायम गरेर समायोजन गर्न सकिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले चालू पुँजीकर्जा मार्गदर्शन सीमा ल्याउनुभन्दा अगाडी सीमाभन्दा अधिक कर्जा उपयोग गर्नेले आवधिक कर्जा कायम गरेर सीमालाई समायोजन गर्न सकिने जनाएको छ ।

गणना हुन आउने आवधिक कर्जालाई ५ ओटा किस्तामा भुक्तान गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसको ला ि२०८० असारदेखि सुरु भएर २०८० असार र पुष २०८१ असार र पुस र २०८२ असारसम्म गरेर सीमा भन्दा बढि कायम भएको कर्जालाई मिलाउनु पर्ने ।

राष्ट्र बैंकले यसरी समायोजना गर्दा कुनै एक्स्ट्रा प्रोभिजन र क्लासिफिकेसन गर्नु नपर्ने व्यवस्था गरेको छ । कोहि ऋणीले २०८२ असारभन्दा अगाडी नै मार्ग दर्शनको सीमाबाट बाहिर जान्छ्ु भन्यो भने त्यसमा प्रिभिलेन्ज चार्ज पनि नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मार्गदर्शन लागु हुनुभन्दा पहिला भएको ऋणलाई भनेकै कर्जा शीर्षकमा मिलान गर्नुपर्यो भने त्यो पुन तालिकिकरण वा पुन संरचना भएको नमानिने उल्लेख गरेको छ ।

त्यसको लागि वर्गीकरण पनि अलग्गै गर्न नपर्ने र प्रोभिजन पनि अलग्गै गर्न नपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मार्गदर्शनले भनेको शीर्षकमा मीलान गर्दा थप भार नपर्ने गरी संशोधन गरेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएसँगै राष्ट्र बैंक केहि लचिलो बनेको हो ।