राष्ट्र बैंकले बढायो भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्ता पुँजी


काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुको न्युनतम चुक्ता पुँजी बढाएको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्यगर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति २०७३ खारेज गरेर २०७९ जारी गरी लागू गरेको जनाएको छ ।

भुक्तानी सेवा प्रदायक भुक्तानी कार्ड बाहेक अन्य उपकरणहरु सञ्चालन गर्ने संस्थाको न्युनतम चुक्ता पुँजी ५ करोड बनाएको छ । भुक्तानी कार्ड सहित अन्य उपकरणहरु सञ्चालन गर्ने संस्थाको न्युनतम चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले २५ करोड रुपैँया पुर्याएको छ ।

भुक्तानी प्रणाली सञ्चालकको न्युनतम चुक्ता पुँजी ४० देखि ८० करोड रुपैँया पुर्याएको छ । राष्ट्र बैंकले नेपालमा जारी भएको भुक्तानी उपकरण मार्पmत नेपाल बाहिर समेत भुक्तानी कारोबार हुने सञ्चालन हुने संस्थाको न्युनतम चुक्ता पुँजी ८० करोड रुपैँया बनाएको हो ।

यो व्यवस्था लागु हुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरू र विदेशमा स्थापना भई नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई न्यूनतम चुक्ता पुँजीसम्बन्धी व्यवस्था लागु हुने छैन ।