आर्थिक मिडिया सञ्चालकहरुको संस्था ‘इकोनोमिक मिडिया सोसाइटी नेपाल’ मा नयाँ नेतृत्व चयन


काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था ‘इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)’ मा नयाँ नेतृत्व चयन गरिएको छ ।

संस्थाको पाँचौं वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्धयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव प्रसाद भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।