रिभरसङको स्मार्टवाच मोटिभ सिक्स एस नेपाली बजारमा


काठमाडौं । चिनीयाँ ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाईल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ्का ब्राण्ड विश्वका साठी भन्दा बढी देशहरुमा विक्री वितरण हुँदै आएको जनाइएको छ ।

रिभरसङ् नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जन भन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरु नेपाली बजारमा भित्र्याईसकेको छ । मोबाईल एक्सेसोरिज् तथा वेरेवलको सामान आयातकर्ता केमियो इन्टरनेशनल प्रा. लि. ले आप्mनो दोश्रो ब्राण्डको रुपमा रिभरसङ्लाई नेपाली बजारमा ल्याएको हो ।

आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मोटिभ सिक्स एसमा पचास भन्दा बढी फिटनेस ट्र¥याकिङ् अप्सन रहेको बताए ।

यसको हर्ट रेट मनिटर निक्कै प्रिसाईज्ड् रहेको उनले बताए । कम्पनीका अनुसार ब्लुटुथ कलिङ् अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम विक्री मूल्य छ हजार चार सय पच्चिस रुपैंया तोकिएको छ ।