अर्णव चक्रवातको प्रभाव कमजोर, मौसममा सुधार


काठमाडौँ । अर्णव चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ ।

चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाई छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।