दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामीछाने त्रिभुवन विमानस्थलमा


काठमाडौं। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहममन्त्री रबी लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन् । उनीहरूले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले जहाज दुर्घटनाप्रति दुख: व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

उनले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई यसअघि निर्देशन दिइसकेका छन् ।