कृषिमन्त्री साहद्धारा पदभार ग्रहण


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले पदभार ग्रहण गरेकी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री साहले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

जनता समाजवादी पार्टीका रामबाबुकुमार यादव र सत्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंहलाई उछिनेर बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट साह विजयी भएकी थिइन् ।