एटिएमबाट हुने कारोबार घट्यो, माेबाइल बैंकिङ र बालेट काराेबार बढ्याे


काठमाडौं । मंसिर महिनामा एटिमबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एटिएमबाट पैसा निकाल्ने संख्या र कारोबार हुने रकम पनि घटेको छ भने मोबाइल बैंकिङबाट हुने कारोबार बढेको छ।

मंसिर महिनामा ९२ लाख ३ हजार २९७ पटकको कारोबारमा ७५ अर्ब २२ करोड ४० लाख रुपैँया एटिएमबाट निकालिएको छ । कार्तिक महिनामा ७८ अर्ब २७ करोड ५० लाख रुपैँया निकालिएको थियो ।

मोबाइल बैंकिङ्बाट मंसिर महिनामा १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैँया बराबर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २ करोड १६ लाख ३५ हजार ४३१ पटकको कारोबारमा १ अर्ब ६० अर्ब रुपैँया बराबर कारोबार भएको हो ।

मोबाइल बैंकिङ्गको ग्राहकको संख्या १ करोड ९७ लाख ६६ हजार ४१५ पुगेको छ । २०७८ मंसिरमा मोबाइल बैंकिङ् ग्राहकको संख्या १ करोड ५९ लाख ४१ हजार ५३५ रहेको थियो ।

मोबाइल बालेटबाट १७ अर्ब ७३ करोड रुपैँया बराबर कारोबार भएको छ । वालेटबाट १ करोड ६८ लाख ९२ हजार ९२५ पटकको कारोबारमा १७ अर्ब ७३ करोड रुपैँया कारोबार भएको हो । वालेटभन्दा ९ प्रतिशत बढिले मोबाइल बैंकबाट कारोबार भएको हो ।

वालेटबाट कार्तिकमा १७ अर्ब २२ करोड ७० लाख रुपैँया बराबर कारोबार भएको थियो भने २०७८ मंसिरमा १५ अर्ब ५२ करोड ८० लाख रुपैँया बराबरको कारोबार भएको छ ।

काार्तिक महिनामा मोबाइल बैंकिङबाट १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैँया भएको थियो भने २०७८ मंसिरमा ८८ अर्ब ५३ करोड १० लाख रुपैँयाको कारोबार भएको थियो ।

वालेट प्रयोगकर्ताको संख्या १ करोड ५५ लाख २ हजार १३३ जना पुगेको छ । २०७८ मंसिरमा वालेट प्रयोगबर्ताको संख्या १ करोड ४ लाख १९ हजार ६७८ रहेको थियो ।