नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चद्धारा राहत वितरण


काठमाडौं । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथली, काठमाण्डौँमा एक कार्यक्रमका बिच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक छाँया शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ्ग रिटे«किङ्ग तथा एकस्पिडिशनका महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरू सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इण्डष्ट्रिजका करर्पोरेट अधिकृत आरती लामाले ५५० थान बाक्लो कम्मल, ५५० थान उनको टोपी, ५५० थान उनको मोजाका साथै चिउरा कर्मायोग संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई प्रदान गरे ।

राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४,६,७,८,९,१०,११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारम्म पुराइने संस्थाले जनाएको छ ।