पुँजीगत खर्चमा कमजोर सरकार


काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा अर्थ मन्त्रालयले वार्षिक बजेट विनियोजनको १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

यो मन्त्रालयका लागि ३२ अर्ब ७५ करोड २८ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरेको थियो जसमध्ये चालूतर्फ २२ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ र पुँजीगततर्फ १० अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट थियो ।

अर्थ मन्त्रालयले वार्षिक बजेटको विनियोजनको आधारमा चालूतर्फ १७.८६ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ २.८० प्रतिशत गरेको छ ।

मन्त्रालयले पुससम्मको बजेट विनियोजनको आधारमा २६.८८ प्रतिशतमात्र खर्च गरेको देखिन्छ । मन्त्रालयले चालूतर्फ ३५.३५ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ७.६० प्रतिशत खर्च गरेको छ ।

यसैगरी भौतिक पूर्वाधार क्षेत्रमा पनि सरकारले खर्च गर्न सकेको देखिँदैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुससम्मको विनियोजनको आधारमा ३२.४९ प्रतिशत खर्च गरेको देखिन्छ ।

मन्त्रालयले वार्षिक बजेट विनियोजनको आधारमा १६.१९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन थियो ।