सुनको मूल्य एक लाख ६ हजार पुग्याे


काठमाडौं । साताको पहिलो दिन सुनचाँदी बजारमा छापवाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको एक लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ५ हजार ८०० र चाँदी १३८० रुपैयाँमा कारोबार भएको थियो ।