आईपीओ निष्काशन गर्न दुई जलविद्युत् कम्पनीलाई बोर्डको अनुमति


काठमाडौं । दुईवटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका छन् । बोर्डले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब डोल्टी पावरले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्काशन गर्ने छ ।

यसैगरी भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १६ लाख १२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

यी दुवै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्नेछन्। सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताबाट १० प्रतिशतले हुन आउने सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ।

यी दुवै कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।