नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

हिजो माघ १८ गते, बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।