राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्छु: उपाध्यक्ष अर्याल


सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउने बताईन्। उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताईन्। उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताईन । त्यस्तै महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताईन्। 

उनीले भनिन् – ‘मेरो भुमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवि माननीयज्युहरु हुनुहुन्छ । एउटा भोगाई, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा । त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापी त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्युहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यि तमाम चिजहरुमा सोच छ । मैले ०६२/०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ । मेराे सौभाग्य पनि हो उहाँहरुले भन्नुभयो, मलाई उठ्नु भन्नुभयो मलाई हजुरको बिरुद्ध लड्न मन लागेन । सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिलाहरु नै लाग्यौँ भन्नुभयो । त्यो खुशीको कुरा हो । म यहाँ रहँदाखेरी यो पार्टी, ऊ पार्टीभन्दा पनि यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको त्याे सम्झन्छु । कति यो ठाउँसम्म नआउँदै हराउनु भयो । सिद्दिनु भयो । कति शहीद हुनुभयो । ति तमामलाई सम्झेर हामीले प्रतिवद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरुका लागि के कति कामहरु, नयाँ नियम कानूनहरु बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने । त्यसको नीतिगत पहलहरुमा भुमिका खेल्ने ।’

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भुमिका खेलेका बताईन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनकाे भनाई छ ।