दुधौलीमा अभियान लघुवित्तको अभिभावक भेला सम्पन्न


सिन्धुली । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामिण भेगका मानिसलाई वित्तिय साक्षरता तथा विभिन्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । लघुवित्तको सिन्धुलीको दुधौली शाखाकाे अायाेजनामा वडा नम्बर ११ मा अभिभावक तथा सदस्य भेला सम्पन्न गरेको हो ।

वडा नम्बर ११ का वडा अध्यक्ष पवन कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष कुमार लामा तथा वडा सदस्य शान्तिराम कटुवाल उपस्थित थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पवन कार्कीले अभियान लघुवित्तले ग्रामिण भेगका मानिसलाई वित्तिय साक्षरता सँगै विभिन्न तालिम दिएर उदाहरणिय कार्यको सुरु गरेकोमा धन्यवाद दिए । “यस्ता तालिमले हाम्रा महिलाको वित्तिय क्षमता अभिवृद्धि हुन्छ,” उनले भने, “तपाईहरुले आफ्नो क्षमता बढाएर बचत गर्ने कार्यकाे बानी तथा कर्जाको सहि ठाउँमा प्रयोग गर्नुहोला ।”

कार्यक्रममा ५० बढि सदस्यको उपस्थिती थियो ।