चार वाणिज्य बैंकलाई २ कराेड रूपैँया जरिवाना


काठमाडौं । सम्पति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेका ४ बैंकलाई नेपाल राष्ट्र बैंकले लाई कारवाही गरेकाे छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा क वर्गका ४ बैंकलाई २ करोड रुपैँया जरिवाना तिराएको हाे।

राष्ट्र बैंकले ५० लाख रुपैँयाको दरले जरिवाना तिराएको हो । जरिवाना तिर्ने सूचीमा प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाडौं (हाल ग्लोबल आईएमई बैंक) र प्राइम बैंक रहेका छन् ।