नेप्से १२ अंकले बढ्दा कारोबार रकम २ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरमापक सूचक नेप्से परिसूचक १२ .४५ अंकलेबढेर २१८२.६३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल उपसमुहमध्ये म्यूचुअल फण्ड बाहेक सबै उपसमुहको सेयर बढेको छ ।

बिहिबार कारोबार रकमका आधारमा अपि पावर कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ८६ लाख ५४ हजार६ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बाराही हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

\त्यस्तै आज नबिल व्यालेन्स फण्ड –३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ५.७५ प्रतिशतले घटेको छ ।
कुल २५७ कम्पनीको ५६ लाख ४८ हजार २ सय १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख ५८ हजार ७ सय ४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।