राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा गरेको छ । राष्ट्र बैंकले समिक्षामा २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

यस्तै, राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैँयासम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने जनाएको छ ।