सरकार र चिकित्सकहरुबीच ७ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित


काठमाडौं । सरकासँग सहमती भएपछि आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आन्दोलनकारीले सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति अनुसार घाइते चिकित्सवको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधनसहित ० ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने पनि दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको छ ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति गरिएको छ ।

यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।