संकटा वाइन एण्ड बेभरेजको ट्रेड पार्टनर मिट सम्पन्न


काठमाडौं । संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न भएको छ । राजधानीको नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याडमा ट्रेड पार्टनर मिट भएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रकृया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा स्पष्ट पारे । ‘संसार भरी अंगुरबाट बनेको अल्कोहोविक बेवरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने ।

क्यानभास वाइन नेपालमै बनेको भएपनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दावी छ । विगतका दिनमा कम्पनी बहुपक्षिय रुपमा संचालन भएकोमा हाल आएर कम्पनी व्यवस्थित र गुणस्तरिय व्यवस्थापनको रुपमा संचालनमा ल्याइएको कार्कीले जानकारी दिए ।

कम्पनीका विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले क्यानभासको बजारको अवस्था कम्पनीको आगामी रणनीति लागायतका बारेमा बताए ।

सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिक्तम हिस्सा ओगटेको छ । काभ्रेपलान्चोकको नालामा रहेको उद्योगमा १ सय भन्दा धेरैले रोजगारी पाएको प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए ।

कार्कीका अनुसार कम्पनीले नेपाल भर ७५ वटा वितरक संजाल बनाइसकेको छ र थप वितरकहरु बढाउने क्रममा रहेको छ । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ ।

कार्यक्रममा मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पा, कम्पनीकी अध्यक्ष रोश्नी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्की , विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारी, मदिरा व्यवसायी सघं काठमाडौं, मदिरा व्यवसायी सघं ललितपुर, मदिरा व्यवसायी सघं भक्तपुर, मदिरा सघं काभ्रेका प्रतिनिधी र उपत्यकामा रहेका सम्पुर्ण व्यवसायीक प्रतिनिधीको उपस्थिती रहेको थियो ।