करिब १४ प्रतिशतले घट्यो बजेटको आकार, पुँजीगत खर्चकाे लक्ष्य ८२ प्रतिशत


काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा करिब १४ प्रतिशत बजेटको आकार घटाएको छ । सरकारले आर्थिक वर्ष २०७९ ८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन गर्दै १३.५९ प्रतिशतले घटाएको हो ।

चालू आर्थिक वर्षमा १७ अर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च हुने अनुमान गरिएको थियो । नयाँ सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपैँया संशोधित अनुमान गरेका छन् ।

बजेट सुरु विनियोजनको ८६.४१ प्रतिशत हो ।

सरकारले विनियोजित रकमको चालूतर्फ ८६.३७ प्रतिशत, पुँजीगततर्फ ८२.५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९३.०५ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १३ खर्ब ४१ अर्ब, वैदेशिक अनुदान ३८ अर्ब ४५ करोड ८३ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान सरकारले गरेको छ ।