अभियान लघुवित्तद्वारा तीन प्रदेशमा एकै दिन १३ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमान्डौ ।अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामिण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने कार्यक्रम लाई तिब्रता दिएको छ ।

लघुवित्तको भुरीगाँउ अनुगमन कार्यालय मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३ ओटा शाखा कार्यालयहरुको आयोजनामा १३ स्थानका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारीले जानकारी बताए ।

“यस किसिमको कार्यक्रमले लघुवित्त संस्था र समुदाय बिच सम्बन्ध अझ गाढा बनाउन सहयोग पुगेको छ,” अधिकारीले भने, “वर्तमान अवस्थामा सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न, ब्यावसायिक योजना निर्माण गर्न तथा ग्रामिण भेगमा महिलालाई वित्तिय साक्षर बनाइ बचत र पूजीको सहि ठाउँमा लगान गर्न सिकाउने कार्यलाई निरन्तरता दिएका छौँ ।” लघुवित्तले दिने सेवा बिस्तार र सदस्यको चाहाना बमोजिम कार्यक्रम तथा नीति निमार्णमा कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

संस्थाले ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लाका बिभिन्न ग्रामिण इलाकाको बस्तीहरुमा एकै साथ सदस्य तथा अभिभावक भेला गरि अनुगमन प्रमुख, शाखा प्रमुख एवम कर्मचारी बाट वित्तीय साक्षरता एवम् जानचेतना मुलक कार्यक्रम सञ्चालन गरेको लघुवित्तका अनुगमन प्रमुख मधु सुदन निरौलाले जानकारी दिए ।

संस्थाको अनुगमन कार्यालयको सहजिकरणमा माघ २९ गते आईतवारका दिन कञ्चनपुरको पुर्नवास नपा ३, मोतीबस्तीमा शाखा कार्यालय आ.ई.बि.आर.डी.को आयोजनामा भएको कार्यक्रममा अनुगमन प्रमुख मधु सुदन निरौला र शाखा प्रमुख यशोदा सिंह थापाले प्रशिक्षण दिएका थिए।

शुक्लाफाँटा नपा १०, झलारीमा शाखा कार्यालय झलारीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख श्याम प्रसाद जोशीले र भिमदत्त नपा ११, झुजेला गाँउमा शाखा कार्यालय सुकासालको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख आकाश उपाध्यायले प्रशिक्षण दिएका थिए ।

कैलाली जिल्लाको भजनी नपा १ भजनीमा भजनी शाखा कार्यालयको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख कविराज भट्टले घोडाघोडी नपा ३, निम्दी, शाखा कार्यालय निम्दीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक शाहीले प्रशिक्षण दिएका हुन् ।

जानकी गा पा ९, कटासी र मुर्तिया गाँउमा शाखा कार्यालय अमरावतीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख सत्यराज जोशी र गौरीगंगा नपा १, माघिगाँउमा, शाखा कार्यालय चौमालाको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख अन्तरा आचार्यले प्रशिक्षण दिएका थिए ।

बर्दिया जिल्लाको बाँसगढी नपा ९, ठुमनीमा शाखा कार्यालय बासगढीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दुर्गालाल बिश्वकर्मा र जनक ताम्राकारले र ठाकुरबाबा नपा १, भुरीगाँउमा शाखा कार्यालय भुरीगाँउको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दिपक बहादुर बोहराले प्रशिक्षण दिएका हुन् ।

बाँके जिल्लाको कोहलपुर नपा १४, हवलदारपुरमा शाखा कार्यालय हवलदारपुरको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक बहादुर ताम्राकार र दुर्गालाल बिश्वकर्मा र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नपा १० सानो सुर्खेतमा शाखा कार्यालय बिरेन्द्रनगर धुस्रा को आयोजना भएको कार्यक्रममा शाखा प्रमुख शिवराज चौलागाईले प्रशिक्षण दिएका थिए। साथै दाङ जिल्लाको दंगिशरण गा.पा.५, नौबस्तामा शाखा कार्यालय दंगिशरणको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख चन्द्र प्रसाद आचार्यले प्रशिक्षण दिए ।

उक्त कार्यक्रमहरुमा एकै दिन करिब ६०० जना सदस्य तथा अभिभावकको सहभागिता रहेको लघुवित्तले जनाएको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नं. ४, पनौतीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल देशभर ६० वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।