चल्न थाले सार्वजनिक यातायात (ड्राेन फाेटाे)


काठमाडौँ । मजदुरहरुले काठमाडौँ उपत्यकामा गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् ।

आज बिहान सिहंदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो । उक्त वार्तामा ५ बुँदे सम्झौता समेत भएको हो ।

आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ । त्यस्तै अहिले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रको अवस्था भने सामान्य रहेको छ ।

तस्बिरः नितेश शर्मा