कृषि मन्त्रालयले गर्यो ३० करोड भन्दा बढी कृषि बिमाको प्रिमियम शुल्क अनुदानको भुक्तानी


काठमाडौं । कृषि तथा पशुमन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनामा ३० करोड ७८ लाख रुपैँया कृषि बिमा बापतको प्रिमियम वापत भुक्तानी गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक समिक्षामा उक्त रकम कृषि बिमाको प्रिमियम शुल्क अनुदान दिएको जनाएको हो ।

जसअन्तर्गत पशुपन्छीतर्फ ३० करोड रुपैँया र कृषितर्फ ७८ लाख १४ हजार रुपैँया विमा प्रिमियम वापत भुक्तानी गरिएको उल्लेख गरेको छ ।

कृषि तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको पनि मन्त्रालयले जनाएको छ । दावी भुक्तानी वितरणमा असहजताको साथै मन्त्रालयले सालवसाली रुपमा बजेट विनियोजन गर्नपरेको कारण समस्या देखिएको हो ।

किसानको लगानी सुरक्षण गर्न आवश्यक कृषि बीमामा सहज पहुँच गराउन रु। ५ अर्ब बराबरको राष्ट्रिय कृषि बीमा कोष स्थापना गरी उक्त कोषमा नेपाल सरकार र कृषि तथा पशुपन्छी मन्त्रालयले रु।

३ अर्ब र राष्ट्रिय बीमा प्राधिकरण अन्तर्गतका बिमा कम्पनीहरु, प्रदेश सरकार तथा स्थानीय तहबाट समेत निश्चित रकम लगानी गर्ने व्यवस्थाको नीतिगत निर्णय भए कृषि क्षेत्रमा हुने लगनी सुरक्षाका लागि कृषि बिमामा सहज पहुँच अभिवृद्धि हुने मन्त्रालयले जनाएको छ ।