गोगंबु तनाबबारे छानविन गर्न समिति गठन


काठमाडौं । गाेगंबुको ल्होत्से मलमा भएको लुटपाट, र क्षतिबारे जाँचबुझ गर्न समिति गठन भएको छ । आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर लुटपाटबाट भएको क्षतिबारे पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका नक्सालकाअनुसार घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न यो समिति बनाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।