लुम्बिनी विकास बैंककाे नेपालटार शाखाकाे उद्धघाटन


काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले बुधबार नयाँ शाखा कार्यालयको उद्धघाटन गरेको छ । बैंकले ८९ औँ शाखाको रुपमा काठमाडौँ जिल्ला, तारकेश्वर नगरपालिका, वडा नम्बर ११ स्थित नेपालटार शाखाको सुरुवात गरेको हो ।

यस विकास बैंकको नेपालटार शाखाको उद्धघाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिती रहेको थियो ।