टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा


काठमाडौँ । बिहीबारदेखि सुरू भएको अपाचे ओनर्स ग्रुप (एओजी) को पहिलो अन्तर्राष्ट्रिय मार्की राइड टोली भारत पुगेको छ ।

कम्पनीका अनुसार मार्की राइड काठमाडौँबाट सुरू भएको हो । काठमाडौंबाट सुरू भएको मार्की राइड रक्सौल हुँदै गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर पुगेर फेरि रक्सौल हुँदै काठमाडौँमा आएर सम्पन्न हुने कम्पनीले जनाएको छ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् ।

कम्पनीका अनुसार राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिने छ ।

भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा मार्की राइडको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल उपस्थित थिए।