टाटा कमर्सियल गाडीका लागि मेघा होली क्याम्पको आयोजना


काठमाडौं । नेपालीहरुको महान पर्व होलीको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले टाटा कमर्सियल गाडीहरुका लागि मेघा होली क्याम्प आयोजना गरेको छ ।

बुधबार सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक विशेष समारोहकाबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यक्ता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उदेश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन आग्रह गरेका छन् ।

यस क्याम्पमा सहभागी गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशत देखि २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस बुकिङ गरेर आउने गाडीहरुलाई लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ सुविधा प्राप्त गर्ने कम्पनीले बताएको छ ।

क्याम्पमा सहभागी ग्राहकहरुका लागि अर्को पटकका लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली ३ जान ग्राहकहरुलाई स्मार्ट फोन जित्ने अवसर रहेको कम्पनीले बताएको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा १७ -२१ फागुनसम्म उक्त क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ ।