राष्ट्र बैंकको परिपत्रबमोजिम लाभांश प्रस्ताव गर्न लघुवित्तलाई निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते जारी परिपत्रबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आइतबार एक सूचना सार्वजनिक गर्दैलघुवित्त वित्तीय संस्थाहरुका लागि एउटा सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो।

लघुवित्त संस्थाहरुले वार्षिक साधारणसभा प्रयोजनार्थ वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकसँग सहमति माग्दा उक्त परिपत्रबमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेस गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिइएको छ।