आइएमई पे र नेपाल रेमिटबिच सम्झौता


काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने जनाइएको छ ।