नेपाललाई युएईले दियो ३११ रनको विशाल लक्ष्य


काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालको निर्णायक खेलमा युएईले नेपाललाइ ३११ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० रनको योगफल तयार पारेको हो । पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६.५ ओभरमा १०० रन पूरा गरेको थियो। ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०४ रन बनाएको छ।

युएईका युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे । मोहम्मद वाशिमले ६३ रन बनाउँदा युवा ब्याट्म्यान भृत्य अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रन बनाए ।

नेपालका लागि दीपनेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन्। ललितनारायण राजबंशी, सन्दीप लामिछानेले र साेमपाल कामीले १-१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।