कीर्तिपुर मैदानमा तत्काल बत्ति र स्कोर बोर्ड जडान प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशालामा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित खेलाडीहरुको सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्टिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए ।

उनले भने ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन लाख दिने घोषणा गर्दछु । कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु ।
त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ ।’

सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको र चितवन क्रिकेट रंगशालामा देखिएका समस्याहरुलाई हेरेर समाधान गर्ने काम भईरहेको उनको भनाई छ ।