‘कर्मचारीहरुको सुरक्षाको लागि बैंकिङ्ग सेवा बन्द हुन सक्ने सम्भावना छ’


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामाथिको अप्रिय घटना नरोकिएमा बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको जनाएको छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै बन्द हुनसक्ने सम्भावना रहेको जनाएको हो ।

पछिल्लो समय बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमण भइरहेको छ ।

चार संस्थाले धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको चार संस्थाले निन्दा गरेका छन् ।

अग्रपंक्तिमा रही सेवा प्रदान गरिरहेका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गरेका छन् ।

यी संस्थाले अराजक र उत्तेजित अभिव्यक्ति दिई प्रोत्साहन गर्ने नेतृत्वलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।