स्वभिमान लघुवित्तद्वारा २१ प्रतिशत लाभांस पारित


रुपन्देही । स्वभिमान लघुवित्तले २१ प्रतिशत लाभांस पारित गरेको छ ।

संस्थाको छैंठौ वार्षिक साधारणसभाले २१.०५२६ प्रतिशत लाभांस पारित गरेको हो ।

साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १ सय ५० को २१.०५२६ प्रतिशत लाभांस (२० प्रतिशत लाभांस र १.०५२६ कर प्रयोजनार्थ) पारित गरेको हो ।

यस्तै साधारण सभाले सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त सञ्चलाक पदमा अभिषेक श्रेष्ठलाई मनोनन गरेको छ ।

रुपन्देहीको तिलोत्तमा ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तको ७ वटा जिल्लाहरूमा ३६ वटा शाखा कार्यालय रहेका छन् ।