काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार २ कम्पनीको ६६ लाख कित्ता बढि बोनस सेयर सूचीकृत भएको छ ।
आज शिखर इन्स्योरेनस कम्पनी लिमिटेड र नेपाल एसबिआई बैंकको ६६ लाख ३६ हजार ४ सय १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
शिखर इन्स्योरेनस कम्पनी लिमिटेडको १६ प्रतिशत बोनसबापतको ३६ लाख ८८ हजार ६ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनसबापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्