आइएमई पेबाट विभिन्न एयरलाइन्सका रिफन्डेबल टिकट काट्न मिल्ने


काठमाडौँ । “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको जनाइएको छ ।

यसै क्रममा आइएमई पे मार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मुल्य रिफन्ड पनि पाउन सक्नेछन् ।