महासंघ अधिवेसन २०७९ः बेलुका ४ बजेसम्म मतदान, यस्ताे छ कार्यतालिका, उम्मेदवार र मतदाता सूची


काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघ (उवासंघ) को ५७ ‍‍औं वार्षिक साधारण सभा जारी छ । मंगलबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेसन अन्तर्गत आज (बुधबार) बिहानदेखि नयाँ नेतृत्वको लागि मतदान जारी छ ।

निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार यस पटकको महाधिवेसनमा कुल एक जहार ७ सय ४८ जनाले मतदान गर्दैछन् ।

57AGM_VoterList-FinalDownload

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने व्यवस्था छ । जस अनुसार हालको महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतका पदहरुमा निर्वाचन भइरहेको हो ।

57AGM_CandidateFinalListDownload

गत चैत ५ गते प्रकाशित निर्वाचन समितिको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना अनुरुप बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ ।

चैत २७ गते प्रकाशित निर्वाचन समितिको सूचना अनुसार उवासंघको कार्यकारी समितिमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अञ्जन श्रेष्ठ, क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि.का उमेशलाल श्रेष्ठ र त्रिवेणी स्प्रिनिङ मिल्स प्रा.लि.का सामचन्द्र संघई कार्यकरिणी समितिको वरिष्ठ उम्मेदवार रहेका छन् ।

FNCCI2079election_notice01Download