निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँः उमेशलाल श्रेष्ठ


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहनुभएका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् ।

बिहीवार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताएका हुन्। उनले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताए ।

उनले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताए । उनले महासंघको निर्वाचन पद्धती खराब भएको बताए।

उनले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताए । आफू बाचुन्जेल महासंघमा नै रहने बताउदै उनले महासंघको नेयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिए

श्रेष्ठ महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताए। उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने सुझाव दिए ।