बजेट निर्माणका लागि सुनिलस्मृति गाउँपालिकाद्वारा तयारी सुरू


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि तयारी सुरू गरेकाे छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवालासँग पूर्वबजेट छलफल गर्ने समय तय गरेकाे छ ।

गाउँपालिकाले गाउँपालिकाभित्रका वडाका सबै जनप्रतिनिधिसहित, कृषक,आमा समूह, सहकारी,युवा क्लब, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक,व्यापारी, वुद्धिजीवि, राजनैतिक दल, गैरसरकारी संस्था,पत्रकार लगायतको प्रतिनिधित्व हुने गरी उपस्थिति हुन भनेको छ ।

प्रत्येक वडाबाट बढीमा १० देखि १५ जनासम्म उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिए ।

गाउँपालिकाले यही वैशाख १० गते आउँदो आर्थिक वर्षको बजेटका लागि छलफल गर्ने तयारी गरेको हो ।

गाउँपालिकाले यस पटक नीति तथा कार्यक्रम पनि वैशाखमै ल्याउने तयारी गरेको छ ।