काठमाडौ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेपनि कारोबार रकम भने एक अर्ब मुनि नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयरमापक सूचक १५.३६ अंकले बढेर १९०५.६८ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४.२७ अंकले बढेर ३६३.६५ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ९१ हजार ५ सय ५७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सनराइज ब्लू चिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।
कुल २६४ कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर किनबेच हुँदा ८८ करोड ५५ लाख ७८ हजार २ सय ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्