एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न


काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत वैशाख ९ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एण्ड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट शुरु भएर दोधारा – अतिथि रिसोट पुगेर सम्पन्र भएको थियो । आयोजकका अनुसार राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको छ ।

करिब ५० जना राइडरहरू सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गराएकाे कम्पनीले जनाएकाे छ ।