दुर्गा प्रसाईसहित ३६ कम्पनीलाई आयकर तिर्न १५ दिने अल्टिमेटम


काठमडौं । बी एण्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईंले आयकर नतिरेपछि उनलाई कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईसहित ३५ कम्पनीलाई १५ दिनको अल्टिमेटम दिएको हो ।

पटक(पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ।