‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै


काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ ।

नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो ।

मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते सम्म (पाँच दिन) भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ ।

नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै राष्ट्रियस्तरको तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको हो ।

यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय पति अभिरुचि राख्ने, समग्र कषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई उत्साहित गराउने गर्ने विश्वास लिएको आयाेजकले जनाएकाे छ ।

नर्सरी व्यवसायी संघ नेपालले ६ वटा एक्स्पो सम्पन्न गरिसकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्याक्रम जस्ता सामाजिक कार्य गर्दै आएकाे छ ।

यस मेलामा विभिन्न प्रजातीका फूल फूल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने उल्लेख गरिएको छ।

यस संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गर्ने उल्लेख गरेकाे छ ।

आयाेजकका अनुसार यस मेलामा ६३ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ६ स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत जम्मा ७३ वटा स्टल रहने छ।

मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै एक करोड रूपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएकाे छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००।- र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०।- व्यवस्था गरेको छ ।