काठमाडौं। स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ ।
बोर्डले दर्ता अधिकारी (ना.सु.वा पाँचौ तह सरह) पदका लागि ५५ जना कर्मचारी माग गरेको हो । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरू तथा स्थानीय तहहरूमा काम गर्नेगरी कर्मचारी भर्न गर्न लागिएको बोर्डले जनाएको छ।
आवेदन दिन २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदकले ५०० सय रुपैयाँ दस्तुर तिरेर स्वास्थ्य बिमा बोर्डमा दरखास्त बुझाउनुपर्ने उल्लेख छ ।
परीक्षा लिखित,कम्पुटर सीप परीक्षण तथा अन्तर्वाता हुने बोर्डको सूचनामा उल्लेख छ ।
२०८० असार २ गतेका लागि तोकिएको परीक्षाका लागि सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्