नेपाल कृषि सहकारी केन्द्रीय संघलाई विश्वस्तरको एफएओ अवार्ड


काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले विश्वस्तरको खाद्य तथा कृषि संगठन अवार्ड प्राप्त गरेको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडलाई एफएओ अवार्ड फर पार्टनरशिप २०२३ प्रदान गरेको हो ।

इटालीको रोममा भएको कार्यक्रममा यस संस्थालाई अवार्ड प्रदान गरिएको हो । सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरुको कृषि र आर्थिक मुद्धाहरुलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदान गरे वापत यस संस्थाले अवार्ड पाएको हो । यस संस्थाले एफएओसँग एक दशकभन्दा लामो समयदेखि सँगै काम गर्दै आइरहेका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघले युवा प्राविधिक जनशक्ति तयार गर्ने, साना किसान कार्यक्रम विस्तार र कृषि सहकारीको क्षमता विकास कार्यक्रम सञ्चालन, फलपूmल तथा तरकारीको बेर्ना बिक्री वितरण गर्ने, दुर्गम क्षेत्रमा रहेका सहकारी संस्थाहरुको सबलीकरण र सुदृढीकरण लगायतको कार्यक्रम गर्दै आइरहेको छ ।