काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।
आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परीसंघको टोलीले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलीले उधोग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।
मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस।
प्रतिक्रिया दिनुहोस्