तेह्रथुमको छथरका उद्यमी बन्न इच्छुक स्थानीयलाई उद्यमशीलता विकास तालिम


काठमाडौँ । तेह्रथुम को छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार उद्यमी बन्न इच्छुक स्थानीयलाई एक साता लामो उद्यमशीलता विकास तालिम दिइएकाे हाे ।

वैशाख १० गतेदेखि १६ गतेसम्म सञ्चालन भएकाे तालिम स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई सहयोगी हुने अपेक्षा राखिएको छ । उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो ।

उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो । उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए ।

नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख, निरज कुमार बस्नेत डनिलले उद्यमी बन्न चाहानेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने जानकारी गराए ।